दफा ५१
अधिकारको प्रचलन गराउन निवेदन दिन सक्ने
(१) कसैले यस ऐनमा उल्लेख भएका अपाङ्गता भएका व्यक्तिको अधिकारको उल्लङ्घन गरेमा वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा नगरेमा अपाङ्गता भएका व्यक्ति स्वयंले वा निजको परिवारका कुनै सदस्य वा संरक्षकले सो अधिकारको प्रचलन वा दायित्व पूरा गराउनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा प्रमुख जिल्ला अधिकारीले सात दिनभित्र सम्बन्धित व्यक्ति वा निकाय बुझी सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा कुनैव्यक्तिले अपाङ्गता भएका व्यक्तिको अधिकार उल्लङ्घन गरेको पाइएमा वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा गरेको नदेखिएमा प्रमुख जिल्ला अधिकारीले अपाङ्गता भएका व्यक्तिको अधिकार प्रचलन गराउन वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा गर्न सम्बन्धित व्यक्तिलाई आदेश दिनेछ ।
(४) उपदफा (२) बमोजिम जाँचबुझ गर्दा कुनै निकाय वा संस्थाले अपाङ्गता भएका व्यक्तिको अधिकारको प्रचलन वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा नगराएको देखिएमा प्रमुख जिल्ला अधिकारीले अपाङ्गता भएका व्यक्तिको अधिकारको प्रचलन वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा गराउनका लागि सम्बन्धित निकाय वा संस्थामा लेखी पठाउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम लेखी आएमा सम्बन्धित निकाय वा संस्थाले अपाङ्गता भएका व्यक्तिको अधिकारको प्रचलन वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा गराउने व्यवस्था मिलाउनु पर्नेछ ।
(६) यस दफा बमोजिम अपाङ्गता भएका व्यक्तिको अधिकारको प्रचलन वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा गराउँदा प्रमुख जिल्ला अधिकारीले अपाङ्गता भएका व्यक्तिको परिवारका सदस्य वा संरक्षकलाई आवश्यक सुझाव दिन, सचेत गराउन वा आदेश दिन सक्नेछ ।
(७) उपदफा (३) वा (६) बमोजिम प्रमुख जिल्ला अधिकारीले दिएको आदेश उपर चित्त नबुझ्नेलेपैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।